काठमाडौं, साउन १६ । अघिल्लो सामान्य अंंकले बढेको नेप्से आज मंगलबार पुन: घटेको छ । नेप्से आज २८ दशमलव ५९ अंकले घटेर दुई हजार ७७ दशमलव ५८ अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव १३ अंकले घटेर तीन सय ९६ दशमलव ७२ अंकमा सिमित भएको छ । नेप्सेमा आज दुई सय ६२ वटा कम्पनीहरूको ४० हजार आठ सय ३७ पटकको कारोबारमा ६० लाख १५ हजार ६७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार आठ सय ९९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, बिकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका १२ वटा समुहहरुको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सुपरमोदी हाइड्रोपावर कम्पनी, अपर तामाकोशी हाइड्रो पावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड २ आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा किसान लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था, ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अपरतामाकोशी हाईड्रो पावर कम्पनी, प्रोग्रेसिभ फाइनान्स, ग्लोबल आईएमई बैंक आदि परेका छन् ।