प्रतिनिधिसभा बैठक एक हप्ताको लागि स्थगित
अर्को बैठक साउन २२ गते दिउँसो १ बजे बस्ने
काठमाडौं, साउन १६ । प्रतिनिधिसभाको आजको लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित भएको छ ।
प्रमुख विपक्षी नेकपा (एमाले) ले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने राखेका अडानका कारण बैठक यही साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । तर, सरकारले भने कुनैपनि हालतमा संसदीय समिति गठन नगर्ने अडान लिएको छ ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न समयमा छलफल भएपनि सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय