काठमाडौं, साउन १६ । वर्षाको मौसमलाई अँगाल्दै इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट प्रा. लि द्वारा मनसुन सून फेसन प्यारेड यहि शनिबार श्रावण २० गते ११ बजेबाट कुलेश्वर स्थित रहेको भिजननोभा मल्टिपर्पोज कम्पनी प्राइभेट लिमिटेडमा आयोजना हुन गइरहेको छ ।
नेपालको स्थापित फेशन इन्स्टिच्युट ऋक्ष्ँत् का उच्च प्रशंसित फेसन डिजाइनरहरूबाट मनमोहक डिजाइन र स्टाइलिस संग्रहहरू नेपालका शीर्ष मोडेलहरूले फेसन शोमा प्रदर्शन गर्नेछन् । कार्यक्रममा ख्यातिप्राप्त व्यक्तित्वहरुको सांगीतिक प्रस्तुति रहनेछ। गायक कमल खत्री, बिनोद ढकालको विशेष प्रस्तुती रहने छ ।
त्यसैगरी कलाकार नरेश सिंह, वैबा उर्गेनको पनि प्रस्तुती रहनेछ भने डि.जे रे र डि. जे पपाजद्वारा डि. जे सेसन रहनेछ । उक्त कार्यक्रमलाई भि.जे सेसेमी लिम्बुले संचालन गर्नेछिन् ।