Kath Khabar
पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ सुरु भयो खाद्य बैंक

काठमाण्डौ, बैशाख २
पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैकको नयाँ वानेश्वरस्थित केन्द्रिय कार्यालयको आज पुजापाठ गरि सुभारम्भ गरिएको छ । बैकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रिय कार्यालयको विधिवत (पुजापाठ सहित) सुभारम्भ गरिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतिले जानकारी दिनुभयो । 
दुई अर्ब लगानीमा देशब्यापीरुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उदेश्य साथ स्थापना भएको यो बैक नेपालमै नविनतम सोच सहित अघि बढेको बैक हो । यस बैकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उदेश्य लिएको छ । हालसम्म यो बैकमा पाँच सय ९० जना प्रमोर्टर शेयर सदस्य रहेकाछन् । बैकले त्यसलाई बढाएर एक हजार जना प्रमोर्टर शेयर सदस्य बनाउने उदघोष यसअघि नै गरिसकेको छ । सरकारी मापदण्ड पुरा गरी केही बर्ष भित्रै आइपिओमा जाने समेत बैकको योजना छन् । शेयर सदस्य तथा सरोकारवालाहरु बढाउँदा बैकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने भएकोले त्यसरी अघि बढ्न खोजिएको बैकका अध्यक्ष उप्रेतिले बताउनुभयो । 
बैकले पहिलो चरणमा २३ ओटा जिल्लामा यसबर्ष भित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ । बैकले त्यसका लागि तराइका विभिन्न जिल्लाहरुमा करिव छ सय विघा जमिन लिजमा लिइसकेको छ । यसैबर्ष भित्र बैकले उत्पादन गरेका अग्र्यानिक उन्मुख अनाजहरु शेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने अध्यक्ष उप्रेतिले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  २३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update