डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रहमा बस्ने
पत्रकार सम्मेलन गर्दै उनले यस अघि सरकारसँग भएका मागहरूको अक्षरशः पालना नभएको भन्दै पुनः सत्याग्रह बस्ने बताएका हुन् । केसीले पुराना सहमति कार्यान्वयन गर्न सरकारलाई १४ दिनको समयसीमा तोकेका छन्
काठमाडौं, साउन १७ । मेडिकल शिक्षा र नेपालको स्वास्थ्य प्रणाली सुधारको माग राख्दै आइरहेका डा. गोविन्द केसीले थप माग सहित २९ साउन देखि पुनः सत्याग्रहमा बस्ने घोषणा गरेका छन् ।
पत्रकार सम्मेलन गर्दै उनले यस अघि सरकारसँग भएका मागहरूको अक्षरशः पालना नभएको भन्दै पुनः सत्याग्रह बस्ने बताएका हुन् । केसीले पुराना सहमति कार्यान्वयन गर्न सरकारलाई १४ दिनको समयसीमा तोकेका छन् ।
केसीले सबै प्रदेशमा मेडिकल कलेज पुर्याउनु पर्ने, शुल्क बढाउने सिटिइभिटीको निर्णय खारेजी गर्नुपर्ने, चिकित्सा शिक्षालाई नाफा रहित बनाउनु पर्ने लगायतका माग राखेका छन् । यसअघि सरकार र केसी बीच ०७९ असोजमा सहमति भएको थियो । तर, आफ्ना माग सरकारले पूरा नगरेको केसीको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय