Kath khabar
नेप्सेमा नौं अंकले सुधार, गुमाउने भन्दा कमाउने समुह धेरै

 

                  काठमाडौं, साउन १७ । नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार भने नौं दशमलव २५ अंकले बढेर दुई हजार ८६ दशमलव ८४ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव ५६ अंकले बढेर तीन सय ९८ दशमलव २८ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरुको ३५ हजार आठ सय ३५ पटकको कारोबारमा ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भयकोमा मध्ये जलविद्युत, लघुवित्त र टे«डिङ समुहको सूचक घटेका छन् । यि बाहेक वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य सहितका १० वटा समुहहरुको सूचक भने बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आरबीबी म्युचुअल फण्ड १, स्टान्डर्ड चार्टड बैंक आदिको शेयर मूल्य बढेका छन् भने प्रभु स्मार्ट फण्ड, एनआईबिएल समृद्धि फण्ड २ आदिको शेयर मूल्य घटेका छन् । यसैगरी शिवम् सिमेन्ट, सानिमा बैंकको संस्थापक शेयर आदि भने आज बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा परेका छन् ।

 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update