प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्ने
आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने भए पछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो
काठमाडौं, साउन १८ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दै छ।
गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो। बैठक साँझ ५ बजे बस्नेछ।आज बस्ने बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ।
आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने भए पछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० ११:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय