Kath khabar
युरोकपमा जर्मनीले कमब्याक गर्दा, फा्रन्स हंगेरीसँग बराबरीमा रोकियो

युरोप, असार ६ । युरोकपमा जर्मनीले पहिलो जित हात पारेको छ । गएराती समुह एफ अन्तर्गत म्युनिखमा भएको खेलमा घरेलु टोली जर्मनीले पोर्चुगल विरुद्ध ४–२  गोलको प्रभावशाली जित हात पारेको हो । उसले पहिलो खेलमा फ्रान्ससँग एक सुन्य गोलको पराजय ब्येहोरेको थियो ।  

पहिलो मिनेटमा देखि नै आक्रमण बुनेको  जर्मनी विरुद्धको खेलमा अग्रता भने पोर्चुगलले बनाएको थियो । खेलको १५ औँ मिनेटमा डियागो जोटाले दिनुभएको  पासमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको किर्तीमानी गोल गरेका थिए । उहाँले विश्वकप र युरोपेली प्रतियोगितामा गरि सर्वाधिक गोल गर्ने जर्मनीका खेलाडी मिरासोभ कोसासँग किर्तीमानसँग बराबरी गरेका गर्नुभएको छ । साथै उहाँले युरोकपमा आफ्नो गोल संख्या सर्वाधिक १२ पुर्याउनुभएको छ ।

साथै राष्ट्रिय टिमबाट उहाँले आफ्नो गोल संख्या किर्तीमानी एक सय ७ पुर्याउनुभएको छ । इरानका लेजेण्ड खेलाडी अलि डेइको रेकर्ड भंग गर्न उहाँ मात्र तीन गोलले पछि हुनुहुन्छ । पुरै आक्रमक देखिएको जर्मनीले पहिलो हाफमै दुइ गोल फर्काएको थियो । दुबै गोल पोर्चुगलले आत्मघाती गोल गरेको हो । युरो कपमा पोर्चुगल पहिलो हाफमा दुइ आत्मघाती गोल गरि बिफक्षीलाई अग्रता दिलाउने पहिलो टिम बनेको छ । ३५ औँ मिनेटमा योसुवा किमीकले डि बक्स भित्रबाट दिनुभएको क्रसमा रोबिन गुसेनले भली प्रहार गर्नुभएको थियो । जसमा रुबेन डियाजले आफ्नै पोष्टमा गोल गर्न पुग्नु भएको हो ।

त्यसको चार मिनेटमा पनि किमिकको क्रशलाई क्लियर गर्न खोज्दा रफायल गुरेरोले आफ्नै पोष्टमा गोल गर्नुभएको हो । दोस्रो हाफमा जर्मनीले दुई गोल थप्दा पोर्चुगलले एक गोल फर्काएको थियो । ५१ औँ मिनेटमा गुसेनको सहयोगमा युवा खेलाडी काइ हाभेर्टजले गोल गरेर जर्मनीको गोल संख्या तीन पुर्याउनु भयो ।  ६० औँ मिनेटमा गृुसेन  आफैले उत्कृष्ट गोल गरि जर्मनीलाई चार सुन्य गोलले अघि राख्नु भयो । त्यसको सात मिनेटपछि रोनाल्डोको पासमा जोटाले गोल गरि पोर्चुगललाई खेलमा फर्काउने कोसिश गर्नुभएको थियो ।  यो जित पछि जमर्नीले ३ अंक जोेडेको छ ।

अब जर्मनीले हंगेरी र पोर्चुगलले विश्व बिजेता फ्रान्ससँग  अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ । फा्रन्स चार अंकका साथ तालिकाको शिर्ष स्थानमा छ भने यता जर्मनी र पोर्चुगल समान तीन तीन अंक छ । हंगेरी एक अंकका साथ तालिकाको अन्तिम स्थानमा भएपनि सबै टिमको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ  । सोही समुह अन्तगर्त भएको खेलमा फ्रान्सले भने हंगेरीसँग एक एक गोलको बराबरी खेलेको छ ।

बुढापेष्टमा भएको खेलको  पहिलो हाफको इन्जुरी समयमा अटियला फियलाले गोल गरि घरेलु टोली हंगेरीलाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको ६६ औँ मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्नुभएपछि खेल यी दुई टिमले अकं बाडेका हुन् ।

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update