काठमाडौं, साउन १८ । नेप्से सामान्य अंकले बढेको छ । आज बिहिबार नेप्से तीन अंकले बढेर दुई हजार ८९ दशमलव ८४ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि एक दशमलव २५ अंकले बढेर तीन सय ९९ दशमलव ५४ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ६२ वटा कम्पनीहरुको ४० हजार सात सय ७४ पटकको कारोबारमा ५१ लाख ३० हजार पाँच सय २० कित्ता शेयर खरिद किनबेच हुँदा कारोबार रकम एक अर्ब ७८ करोड १९ लाख ४१ हजार सात सय एक रुपैयाँ ८१ पैसा कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, जीवन बीमा, लघुवित्त, लगानी, उत्पादकमूलक, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक बढेका छन भने विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, फाइनान्स र होटल तथा पर्यटन समुहको सूचक भने घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सर्पोट लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा प्रोग्रेसिभ फाइनान्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, मकर जितुवा सुरी हाइड्रो पावर कम्पनी, कामना सेवा विकास बैंक आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, कामना सेवा विकास बैंक आदि परेका छन् ।