Kath khabar
स्विडेनको सांस्कृतिक महोत्सवमा हिंसात्मक झडप हुँदा ५२ घाइते


                स्टकहोम, साउन १९ ।  स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा १०० जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ।  झडपमा ३ प्रहरी अधिकारीहरू पनि घाइते भएको स्विडेनी प्रसारक  एसभिटीले  उल्लेख गरेको छ।

करिब १ हजार एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुंगा प्रहार गरेको स्विडेनी  सञ्चारमाध्यमले जनाएको छ। 

३ दशक अघि इथियोपियाबाट स्वतन्त्रता प्राप्त गरेको अफ्रिकी देशको सांस्कृतिक सम्पदालाई चिनाउन सन् १९९० को दशक देखि 'इरिट्रिया थिम्ड फेस्टिभल' आयोजना गरिँदै आएको छ।

हाल, हजारौँ इरिट्रियन मूलका मानिस स्विडेनमा बसोवास गरिरहेका छन्। प्रहरीले भने हिंसात्मक दंगा, आगजनी र आपतकालीन सेवाहरूको तोडफोड बारे अनुसन्धान शुरु गरिएको  जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update