काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु
काठमाडौं, साउन २१ । काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
तारकेश्वर -५ चो गाउँमा गएराति आएको पहिरोले नुवाकोट सामरी घर भई हाल तारकेश्वरस्थित चोगाउँमा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको हो । तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।
सो घटनामा परी गणेश तामाङकी श्रीमती ३५ वर्षीया सञ्जु तामाङ घाइते भएको प्रहरीले जनाएको छ । सञ्जु तामाङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० ०९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय