काठमाडौं, साउन २१ । काठमाडौं विश्वविद्यालय (केयु)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पीएचडीको फेलोसिप दिएको छ । केयूका अनुसार सिभिल इन्जिनियरिङ विभागले पीएचडी गर्न उनको अनुरोध स्वीकार गरेको हो ।
उनले सामाजिक सञ्जालमार्फत ‘कन्जर्भेसन अफ नेवा हेरिटेज स्ट्रक्चर टु प्रमोट टुरिजम एन्ड इकोनोमी’ विषयमा पीएचडी कोर्स गर्ने जानकारी दिएका छन् । मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् ।
‘काठमाडौँ विश्वविद्यालयको नीतिमा उल्लेख भए अनुसार विश्वविद्यालयले आवेदन गरेको अवधिमा अध्ययनका लागि निवेदन दिएका बालेन्द्र शाहलाई प्रक्रियामा सहभागी भई उर्तिण भएपछि विश्वविद्यालयको रिसर्च कमिटीले फेलोसिपसहित पिएचडी अध्ययनका लागि सहमति दिने निर्णय गरेको हो ।
मेयर बालेन्द्रले पिएचडीको अध्ययन डेढ वर्ष भित्र सक्नुपर्नेछ । रिसर्च बाहेकका उक्त विषयहरु अध्ययनका लागि बालेन्द्रले समय व्यवस्थापन गर्ने गरी भर्ना हुन सहमत भएको विश्वविद्यालयले जानकारी दिएको छ ।