अब पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा बस्न रोक
ललितपुर, साउन २१ । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न रोक लगाएको छ ।
मन्दिरमा अनैतिक क्रियाकलाप गरेको स्थानीयको गुनासो पछि महानगर प्रमुख चिरीबाबु महर्जनको निर्देशनमा शनिबारदेखि मन्दिरमा बस्न रोक लगाइएको हो ।
नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार हिजोदेखि पाटनका विश्वनाथ मन्दिर र हरिशङ्खर मन्दिरमा बस्न रोक लगाइएको हो । अन्य मन्दिरहरूमा पनि रोक लगाउने तयारी भइरहेको छ ।
उनका अनुसार यो नियम कार्यान्वयनका लागि बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म मन्दिर परिसरमा महानगर प्रहरी खटिने छन् ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय