काठमाडौं, साउन २१ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ३८ दशमलव ३७ अंकले घटेर दुई हजार ५१ दशमलव ४७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव ५२ अंकले घटेर तीन सय ९२ दशमलव शून्य दुई अंकमा सीमित भएको छ ।
नेप्सेमा आज दुई सय ६५ वटा कम्पनीहरुको ६१ हजार नौ सय १७ पटकको कारोबारमा ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आईएमई जनरल इन्स्योरेन्स कम्पनी, नेपाल रिपब्लिक मिडिया लिमिटेड, कृषि विकास बैंक आदिको शेयर मूल्य बढेका छन् भने प्रोग्रेसिभ फाइनान्स, अभियान लघुवित्त वित्तीय संस्था, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । सानिमा बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।