काठमाडौं, साउन २१ । बियर संसारको सबैभन्दा पुरानो र व्यापक रूपमा खपत हुने अल्कोहल पेय पदार्थ हो ।
यो सबैभन्दा लोकप्रिय पेय पदार्थ मध्ये एक हो, जसमा रक्सीको मात्रा धेरै कम हुन्छ । बियर धेरै जसो जौबाट बनाइन्छ । जौ बाहेक, गहुँ, मकै र चामल पनि बियर बनाउन व्यापक रूपमा प्रयोग गरिन्छ। बियर विभिन्न खाले सुक्ष्म पोषक तत्वहरूको राम्रो स्रोत हो । यसमा मध्यमस्तरमा फाइबर तथा प्रोटिन समेत पाइन्छ ।
कोही मानिसहरु जोशका साथ बियर पिउने गर्दछन् भने कोही मानिसहरु बियर पिउनाले धेरै शारीरिक समस्याहरु निको हुने ठान्छन् । संसारभर बियर पिउने सम्बन्धमा धेरै मिथकहरू छन् । बियर पिउनाले कसैलाई मुटुलाई हानि पुर्याउँछ भन्ने लाग्छ भने कोहीले मृगौलाको पत्थरी हटाउने विश्वास गर्छन् ।
संसारभरि प्रचलित रहेका यस्ता केही मान्यताहरु जसमा जनताले अन्धाधुन्ध विश्वास गर्छन् । बियर पिउनाले मृगौलामा रहेको पत्थरी सजिलै हट्छ भन्ने मान्यता रहेको छ । यसमा कति सत्यता छ ? बियरसँग सम्बन्धित केही तथ्यहरू बारे जानौं।
१) के तपाई बियर पिएर मोटाउन सक्नुहुन्छ ?
यो पनि सत्य हो, किनभने केही बियरमा क्यालोरी र कार्बोहाइड्रेटको मात्रा धेरै उच्च हुन्छ । सीमित मात्रामा बियरको सेवनले धेरै स्वास्थ्य लाभहरू पनि छन्, जस्तै यसले धेरै प्रकारको क्यान्सरको जोखिम कम गर्न सक्छ, हृदय रोगबाट बचाउँछ।
२) बियर स्वास्थ्यको लागि हानिकारक छ ?
कतिपय मानिसलाई बियर पिउनु स्वास्थ्यका लागि हानिकारक ठान्छन् तर त्यस्तो होइन। सिमित मात्रामा सेवन गर्दा यसले कुनै हानि गर्दैन । हो, लगातार बियर पिउनाले तौल बढ्न सक्छ । सिमित मात्रामा रक्सी पिउँदा पेटको आकार त बढ्दैन तर दैनिक पिज्जा, फ्राइज, बर्गर खाँदा तौल यो भन्दा छिटो बढ्न सक्छ । केही बियरले पनि मेटाबोलिज्म बढाउन सक्छ।
३) बियर पिउनाले मिर्गौलाको पत्थरी बाहिर निस्कन्छ ?
बियर पिउनाले अप्रत्यक्ष रूपमा मृगौलाको पत्थरीलाई असर गर्छ। वास्तवमा, बियर एक मूत्रवर्धक पेय पदार्थ हो, जसले अधिक पिसाब गर्न मद्दत गर्न सक्छ । यसबाट साना पत्थरी निस्कन सक्छन्, तर मिर्गौलाको पत्थरी ५ एमएमभन्दा बढी भएमा त्यसमा बियर पिउनाले फाइदा हुँदैन । बियर पिएर तपाईले ठुलो साइजको मिर्गौलाको पत्थरी निकाल्न सक्नुहुन्न, किनकी बाहिर निस्कने बाटो लगभग ३ एमएम मात्र हुन्छ । बियर कहिले र कसरी पिउनु फाइदाजनक हुन सक्छ भनेर तपाईंले डाक्टरसँग परामर्श लिनुपर्छ ।
स्मरण रहोस् ४ जुलाईलाई 'अन्तर्राष्ट्रिय बियर दिवस' को रुपमा मनाइन्छ ।