Kath khabar
संसदीय समितिमा भागबण्डाको सहमति, रास्वपा र राप्रपाले नपाउने


                   काठमाडौं, साउन २२ । संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ । आज बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिमा भागबन्डा मिलेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले पार्टीमा जानकारी गराए अनुसार प्रतिपक्षी दल नेकपा एमालेसहित ६ दलले मात्र समितिको नेतृत्व पाउने भएका छन् । कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।

‘प्रचण्ड’ले सुनाएको सहमति अनुसार नेतृत्व पाउमा प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले समितिको नेतृत्व नपाउने निश्चित भएको छ । संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न सभामुख देवराज घिमिरेले आजै शीर्ष नेताहरूलाई बोलाएका छन्। बैठक मध्याह्न १२ बजे देखि सभामुखको कार्यकक्षमा बसिरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update