काठमाडौं, साउन २२ । नेप्से घटेको छ । आज सोमबार नेप्से तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ अंकमा सिमित भएको छ ।
यसैगरी सेन्सिटिभ एक दशमलव ५९ अंकले घटेर तीन सय ९० दशमलव ४३ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरूको एक लाख एक हजार दुई सय ३६ पटकको कारोबारमा ६६ लाख ४७ हजार एक सय ४३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, जलविद्युत, लगानी र अन्य समुहको सूचक घटेका छन् । यि बाहेक विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका नौ वटा समुहहरूको सूचक भने बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेपाल रिपब्लिक मिडिया, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने छ्याङदी हाईड्रो पावर कम्पनी, पिपुल्स पावर लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल रिपब्लिक मिडिया, एभरेष्ट बैंक आदि परेका छन् ।