Kath khabar
एलन मस्कले गरे जुकरबर्गसँग लडाईको घोषणा, एक्समा लाइभ स्ट्रिमिङ गरिने

 

                 काठमाडौं, साउन २२ । एक्स (ट्विटर) मालिक तथा अर्बपति एलन मस्कले मेटाका संस्थापक तथा सिइओ मार्क जुकरबर्गसँगको केज फाइटको घोषणा गरेका छन् । मस्कले जुकरबर्गसँगको झगडालाई एक्समा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् ।

आइतबार एक्समा पोष्ट गर्दै उनले मेटाका सीईओ जुकरबर्गसँगको उनको लडाई एक्स मा लाइभ स्ट्रिम बताएका हुन् । मस्कका अनुसार जुकरबर्गसँग मस्कको झगडाको प्रत्यक्ष प्रसारणबाट प्राप्त आम्दानी दान गरिनेछ ।

स्मरण रहोस् मेटाले ट्विटरको प्रतिस्पर्धामा आफ्नो नयाँ माइक्रोब्लगिङ एप थ्रेड्स ल्याएको थियो, त्यसपछि दुई टेक दिग्गजहरू बीचको शब्दयुद्ध चर्किएको हो ।

एक्सका मालिक मस्कले एक्स (ट्विटर)मा लेखेका छन्, 'जुकरबर्ग भर्सेस मस्कको लडाई एक्समा लाइभ स्ट्रिम हुनेछ । सबै कमाइ परोपकार कार्यमा जानेछ।'

केही दिनअघि इन्स्टाग्राममा जुकरबर्गको तस्बिर सार्वजनिक भएको थियो, जसमा मेटाका सीईओ मस्कुलर बॉडीमा देखिएका थिए । यो तस्बिर मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर इजरायल अदेसान्याले आफ्नो इन्स्टाग्राम ह्यान्डल स्टाइलबेन्डरबाट सेयर गरेका थिए ।

 

 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update