बालुवाटारमा सभामुख सहित ३ दलका शीर्ष नेताको बैठक शुरू
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन्
काठमाडौं, साउन २३ । संसदको अवरोध खुलाउने विषयमा ३ दलका शीर्ष नेताहरुको बैठक शुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित ३ दलका शीर्ष नेतारुको बैठक शुरू भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।
१०० किलो सुन तस्करी प्रकरणमा विज्ञहरु सहितका उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेले दुवै सदनका बैठकहरु अवरुद्ध गरिरहेको छ । संसदको अवरोध खुलाउन सोमबार सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय