चोरी मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ
काठमाडौं, साउन २३ । चोरी मुद्दाका फरार प्रतिवादी सल्यान कुमाख गाउँपालिका–४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रुपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद भुक्तान गरी सकेको तथा जरिवाना र बाँकी कैद १ महिना ५ दिन भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १४:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय