Kath khabar
सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने भएपछि संसद अवरोध अन्त्य गर्न एमाले सहमत


                    काठमाडौं, साउन २३ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद् अवरोध खुलाउने विषयमा सहमति जुटेको छ । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो । बैठकपछि मंगलबार बोलाइएको संसद् बैठकमा गृहमन्त्री श्रेष्ठले बोल्ने र बैठक पनि सञ्चालन हुने एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसद अवरोध अन्त्य गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित ३ दलका शीर्ष नेतारुको बैठक शुरू भएको थियो ।

१०० किलो सुन तस्करी प्रकरणमा विज्ञहरु सहितका उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेले दुवै सदनका बैठकहरु अवरुद्ध गरिरहेको छ । उक्त सहमतिपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो तीन बजे बस्दैछ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update