Kath khabar
नेप्सेमा २८ अंकको पहिरो, सबै सूचकहरू घटेर रातै



                  काठमाडौं, साउन २३ । नेप्से उच्च अंकले घटेको छ । आज मंगलबार नेप्से २८ दशमलव ४० अंकले घटेर दुई हजार १९ दशमलव ८५ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ८६ अंकले घटेर तीन सय ८५ दशमलव ५६ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ६५ वटा कम्पनीहरुको ७४ हजार दुई सय ५७ पटकको कारोबारमा ४८ लाख ६० हजार सात सय ४१ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७३ करोड ७० लाख १४ हजार चार सय ९९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये स्वरोजगार लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, एनआईबिएल प्रगती फण्ड, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने ग्लोबल आईएमई बैंकको ऋण, सिंगटी हाइड्रोपावर लिमिटेड, रिभर फल्स पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आईएमई लाइफ इन्स्योरेन्स कम्पनी नेपाल रिपब्लिक मिडिया आदि परेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update