Kath khabar
इक्वेडरको राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या

   

                कुइटो, साउन २५ । इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको क्विटोमा गोली हानी हत्या गरिएको छ ।

हाल राष्ट्रियसभाका सदस्य रहेका फर्नान्डो भिल्लाभिसेन्सियोलाई बुधबार उत्तरी शहर क्विटोमा कार्यक्रमबाट बाहिर निस्कँदा आक्रमण भएको थियो । उनको अभियानका एक सदस्यले कारमा रहेका बेला एक व्यक्तिले गोली प्रहार गरेको बताइएकोछ । उनलाई तीन पटक गोली लागेको प्रत्यक्षदर्शीले बताए । ५९ वर्षीय पत्रकार भिल्लाभिसेन्सियो २० अगस्टमा हुने राष्ट्रपतीय निर्वाचनमा आठ उम्मेदवारमध्ये एक थिए।

राष्ट्रपति गुइलेर्मो लासोले अपराधीलाई सजाय दिइने बताएका छन् । आक्रमणकारीलाई पनि सुरक्षाकर्मीले तत्कालै गोली हानेर मारेका बताइएकोछ । वर्तमान राष्ट्रपति गुईलेर्मो लास्सोले उक्त घटनाले आफूलाई आक्रोशित र स्तब्ध बनाएको भन्दै घटनामा संलग्नहरुविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ ।

द वाशिंगटन पोस्टको रिपोर्टका अनुसार इक्वेडरले रेकर्ड स्तरको गिरोह हिंसाको सामना गरिरहेको छ। चुनावमा भोट हाल्ने तयारीमा लागुऔषध ओसारपसार नियन्त्रण बाहिर गएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update