Kath khabar
पाँच अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै


                    काठमाडौं, साउन २५ । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से बढेको छ । नेप्से आज पाँच दशमलव १३ अंकले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच अंकमा चढेको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव १० अंकले बढेर तीन सय ९४ दशमलव १५ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरुको ५७ हजार सात सय ८९ पटकको कारोबारमा ५५ लाख तीन हजार २१ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब १५ करोड ६५ लाख ८३ हजार नौं सय ४५ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये आठ वटा समुहले कमाएका छन् भने पाँच वटा समुहले गुमाएका छन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र लघुवित्त समुहहरूको सूचक घटेका छन् भने जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज अभियान लघुवित्त वित्तीय संस्था, सिर्नर्जी पावर डेभलपमेन्ट लिमिटेड, अपर तामाकोसी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन लघुवित्त वित्तीय संस्था, सुपरमादी हाइड्रोपावर कम्पनी, मन्दाकिनी हाइड्रो पावर लिमिटेड आदि बढी गुमाउने कम्पनीहरुको सुचीमा परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड, अपर तामाकोसी हाइड्रो पावर कम्पनी आदि परेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update