कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा महानगरको टोली र स्थानीयबीच झडप
काठमाडौं, साउन २५ । काठमाडौं महानगरपालिकाले वडा नं. ७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा महानगरको टोली र स्थानीयबीच झडप भएको छ ।
बुढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न काठमाडौँ महानगरपालिका डोजरसहित त्यसक्षेत्रमा पुगेको थियो । स्ल्याब हटाउन खोज्दा स्थानीय र नगर प्रहरीबीच झडप भएको हो। स्थानीयहरुले वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।
महानगरले बिना जानकारी एकाएक डोजर चलाउन थालेको विरोध गर्नुपरेको स्थानीयहरु बताउँछन्। स्थानीयको विरोधपछि डोजर चलाउन सकिएको छैन ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय