Kath khabar
एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक पुनः स्थगित


               काठमाडौं, साउन २५ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसदमा शुक्रबार पनि अवरोध कायम राखेको हो । एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक साउन २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको बैठकमा एमाले सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update