Kath khabar
चालुु आवको दुुई खर्ब २५ अर्बको आन्तरिक ऋण लक्ष्य

काठमाडौं, असार ६ । चालु आर्थिक बर्ष भित्रमा नेपाल सरकारको लागि दुुई खर्ब २५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको नेपाल राष्ट्र बैंकले असार ७ गते अर्थात भोलि सोमबार पुुन २६ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको लागि उठाईने कुुल आन्तरिक ऋण निष्काशन तालिका अनुसार नै भोलि सोमबार उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको हो ।

असार आठ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको तिनै किसिमका वाणिज्य बैंक, विकास बैंक एवं फाईनान्स कम्पनीहरुको सहभागिता रहनेछन् । राष्ट्र बैंकका अनुसार भोलि बिक्री हुुने कुल टे«जरी मध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको ११ अर्ब ५३ करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँको रहेको छ । ति मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने मिती २०७८ साउन ५ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुने मिती २०७८ असोज ५ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने मिति २०७८ पुस ६ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी बिक्री हुुने कुल ट्रेजरी मध्ये नयाँ तर्फ १९ अर्ब ५३ करोड रुपैयाँ रहेको  भने पुरानो नवीकरणतर्फ सात अर्ब ५० करोड रुपैयाँ रहेको छ । यसअघि गत सातामा पनि राष्ट्र बैंकले १५ हर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकले चालु आर्थिक बर्षको कुुल आन्तरिक ऋणको लक्ष्य पुरा गर्न चालु आवको पहिलो चौमासमा ५७ अर्ब, दोस्रो चौमासमा ५६ अर्ब रुपैयाँको आन्तरिक उठाईसकेको छ भने चालु आवको आवको तेस्रो चौमास अर्थात आगामी असार मसान्तसम्ममा एक खर्ब १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाईसक्नेछ ।  

 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update