Kath khabar
नेप्सेमा हरियाली, नौ वटा समुहले कमाउँदा चार वटा समुहले गुमाए



                  काठमाडौं, साउन २८ । नेप्सेमा हरियाली देखिएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से १४ दशमलव ८१ अंकले बढेर दुई हजार ८० दशमलव ८६ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ तीन दशमलव ९१ अंकले बढेर तीन सय ९८ दशमलव शून्य सात अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको ९५ हजार नौं सय ६५ पटकको कारोबारमा ९७ लाख १८ हजार सात सय ५४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम तीन अर्ब एक करोड ८४ लाख ६० हजार पाँच सय १२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा फाइनान्स, लघुवित्त, उत्पादनमूलक र अन्य समुहको घटेका छन् भने वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष ट्रेडिङ सहितका नौं वटा समुहहरूको सूचक बढेकाछन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज थ्रि स्टार हाइड्रोपावर लिमिटेड, अपर स्याङगे हाइड्रोपावर लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा घोराही सिमेन्ट, सिंगटी हाइड्रो इनर्जी लिमिटेड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर परेको छ ।  

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update