प्रधानमन्त्री दाहालले भने - भ्रष्टाचार प्रकरणमा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ
काठमाडौं, साउन २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफैँलाई पनि हतकडी लगाएर थुने हुन्छ बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा उनले आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका हुन्।
उनको भनाइलाई उदृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ। खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु।’
भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय