Kath khabar
झिनो अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै



                  काठमाडौं, साउन २९ । नेप्से झिनो अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार तीन दशमलव ६१ अंकले घटेर दुई हजार ७७ दशमलव २४ अंकमा झरेको भएपनि सेन्सिटिभ भने शून्य दशमलव शून्य छ अंकले बढेर तीन सय ९८ दशमलव १३ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ७९ वटा कम्पनीहरूको ६८ हजार आठ सय ४२ पटकको कारोबारमा ५४ लाख १७ हजार नौ सय २८ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब नौ करोड १३ लाख ९० हजार छ सय ३८ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा आठ वटा समुहहरूको सूचक घटेपनि पाँच वटा समुहहरूको सूचक भने बढेका छन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक बढेका छन् भने जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, लगानी, अन्य ट्रेडिङ समुहहरूको सूचक भने घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्येमा आज थ्रि स्टार हाइड्रोपावर लिमिटेड, अपर स्याङगे हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी आदिको शेयर मूल्य घटेका छन् । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, सोल्टी होटल लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update