नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ
काठमाडौं, साउन २९ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिरमा प्रवेश गरेको आरोपमा काठमाडौँ प्रहरी परिसरले आज सोमबार ६ जना कर्मचारीलाई पक्राउ गरेको हो।
काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत उनिहरुलाई पक्राउ गरेको हो । यसअघि सीआईबीले ‘अपरेसन फोस्कट्रोट’ नाम दिएर नक्कली डाक्टहरूलाई पक्राउ गरेको थियो।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० २०:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय