पार्टीको जिम्मेवारीबाट अलग्गिए केशव स्थापित
काठमाडौं, साउन ३० । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टीको जिम्मेवारीबाट अलग्गिएका छन् । आफूलाई अब आराम चाहिएको भन्दै स्थापितले पार्टीबाट बिदा मागेको एमाले स्रोतले जनाएको छ ।
स्थापितले आफू पार्टीबाट बिदा हुन चाहेको भन्दै निवेदन दिएका थिए । सोमबार बसेको एमाले सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेका स्थापित बालेन्द्र साहसँग पराजित भएका थिए ।
२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए । उनी केही समय बागमतीको भौतिक पूर्वाधार मन्त्रीसमेत भएका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय