Kath khabar
नागरिक लगानी कोषद्धारा कोभिड प्रभावित पर्यटन क्षेत्रमा बिशेष सापटी सेवा सञ्चालन

काठमाडौं, असार ६ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसंग सम्बद्ध-होटल, ट्राभल, ट्रेकिङ तथा उड्डयन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढि प्रभावित भएका छन् ।

यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिकरुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिनेछ ।

यस सापटीमा कर्मचारी वचत बृद्धि अबकाश कोषले दिने ब्याजदर सरह नै लिने ब्याजदर निर्धारण गरिएको छ । यसको मतलव लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको छ । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसंग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम सापटी लिएको २ बर्ष भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update