Kath khabar
भारतले आज स्वतन्त्रता दिवस मनाउँदै

 

            भारत, साउन ३० । भारतले आज ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्लामा झण्डा फहराएका छन् ।७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लाल किल्लामा झण्डा फहराएका छन् ।

मोदीले राष्ट्रका नाममा सम्बोधन पनि गरेका छन् । लालकिल्लामा भएको कार्यक्रममा मन्त्रिपरिषद्का मन्त्रीहरु, राजनीतिक दलका नेताहरु, तीनै तहका प्रमुख तथा कर्मचारीहरुको समेत उपस्थिति छ ।

भारत सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको थियो। त्यसपछि नै आधुनिक भारतले स्वतन्त्र राष्ट्रका रूपमा काम गर्न थालेको हो । भारत स्वतन्त्र भएको ७६ वर्ष पूरा भएर ७७ वर्ष लागेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत जनतालाई स्वतन्त्रता दिवसको शुभकामना दिएका छन् । मोदी लगातार दशौँ पटक स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्ने प्रधानमन्त्री हुन् ।

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update