तस्करीको सुन गालेर सकियो, अब तौल सार्वजनिक गर्ने तयारी
काठमाडौं, साउन ३० । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालेर सकिएको छ ।
सुन गालेर सकिएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । केही बेरमा महाशाखाले सुनको एकिन तौलबारे औपचारिक जानकारी दिने बताइएको छ।
आज बिहान १०ः३० बजेबाट सुन गाल्ने काम सुरु गरिएको थियो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।
हिजो ब्रेक सुबाट सुन छुट्याउने काम गरिएको थियो । हिजो छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १४:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय