Kath khabar
नेप्सेमा ३१ अंकले गिरावट, सबै समुहहरूको सूचक घटेर रातै



                    काठमाडौं, साउन ३० । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन झिनो  अंकले घटेको नेप्से आज मंगलबार भने ३१ दशमलव ८० अंकले घटेर तीन सय ९१ दशमलव ८४ अंकमा पुगेको छ भने भने सेन्सिटिभ छ दशमलव २९ अंकले घटेर तीन सय ९१ दशमलव ८४ अंकमा खुम्चिएको छ ।

यसैगरी आज दुई सय ७८ वटा कम्पनीहरुको ६१ हजार तीन सय ४१ पटकको कारोबारमा ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब १५ करोड ७३ लाख १२ हजार तीन सय ६९ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको हुँदा  सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेकोमा बाँकी समुहहरूको सूचक भने घटेका छन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, बीमा, फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ समुहहरूको सूचक पनि पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इर्मर्जिङ नेपाल लिमिटेड, नेपाल हाइड्रो डेभलपर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन डिस्ट्रिलरी लिमिटेड परेको, थ्रि स्टार हाइड्रोपावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट, हिमालयन ऊर्जा विकास कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update