Kath khabar
१०० किलो तस्करीको सुन गालेर जर्ती छुट्याउँदा ६० किलो ७१६ ग्राम मात्रै


                    काठमाडौं, साउन ३० ।  राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन 'ब्रेक शु' बाट निकालेर पगाल्दा ६० किलो ७१६ ग्राम भएको छ ।

ब्रेक शु र कार्टुन सहित १५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो ७७९ ग्राम भएको थियो । आज मङ्गलवार पगालेर सुनबाट जर्ती हटाउँदा ६० किलो ७१६ ग्राम कायम भएको टक्सार विभागले जनाएको छ । पगालेको सुनलाई विभागले ३६ वटा बिस्कुट आकारमा बनाएको छ । अब सुनको गुणस्तर मापन गर्ने विभागका निर्देशक थानेश्वर आचार्यले बताउनुभयो ।

सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको छ ।

हङकङबाट गएको असार २९ गते ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार समेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो । यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update