सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ
काठमाडौं, साउन ३० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ३० लाख रुपैयाँ पनि बरामद गरेको छ ।
गत साउन ३ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको एक क्विन्टल सुन बरामद गरेको थियो । सुन तस्करी प्रकरणमा अहिलेसम्म २२ जना पक्राउ परेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय