Kath khabar
सार्वजनिक भयो कक्षा १२ को नतिजा

 

                काठमाडौं, साउन ३० ।  कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज मङ्गलवार दिउँसो कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

नतिजा सार्वजनिक गर्न आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिए ।  यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएको हो ।

गएको वैशाख २६ देखि जेठ ५ गतेसम्म भएको परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ जना विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा :

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update