पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे
काठमाडौं, साउन ३१ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो ।
निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको छ । यस अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
हरेक १५ दिनमा भारतीय आयल कर्पोरेसनले निगमलाई नयाँ मूल्य सूची उपलब्ध गराउने गरेको छ, सोही अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदै आएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत राखिएको निगमले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० ०९:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय