Kath khabar
सत्तारूढ दलहरूबीच छलफल : संसद खुलाउन एमालेसहितका दलहरूसँग छलफल गर्ने निर्णय

 

                    काठमाडौं, साउन ३१ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसदको अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल भएको हो । बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update