Kath khabar
ब्रोकर नम्बर ६१ मार्फत हुने शेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने



            काठमाडौं, साउन ३२ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि भोले गणेश सेक्युरिटिज लिमिटेड मार्फत हुने शेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।

यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो शेयरर डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ। यस सम्झौताले लगानीकर्ताहरुलाई भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) बाट गरेको शेयरखरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख प्रबन्धक (चिफ मेनेजर) आशिष गौतम र भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) का डेपुटी सीईओ हरी भण्डारी तथा महाप्रबन्धक (जेनेरल मेनेजर) अन्जिब तुलाधरले हस्ताक्षर गर्नुभयो ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी,

विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, शेयरखरिद–बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update