काठमाडौं, साउन ३२ । लगातार घट्दै आएको नेप्सेमा आज बिहीबार भने सुधार आएको छ । नेप्से आज आठ दशमलव शून्य एक अंकले बढेर दुई हजार ३३ दशमलव १३ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ एक दशमलव शून्य आठ अंकले बढेर तीन सय ८७ दशमलव ३८ अंकमा कायम भएको छ । नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको ४३ हजार पाँच सय ९१ पटकको कारोबारमा ४० लाख नौं हजार दुई सय ६३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५४ करोड १३ लाख ६७ हजार तीन सय ९८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा सामूहिक लगानी कोष समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरूको सूचक बढेर हरियो भएका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये सिद्धार्थ लगानी वृद्धि योजना २, महुली लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने लक्ष्मी इक्विटी फण्ड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी सोल्टी होटल लिमिटेड, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।