सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता
काठमाडौं, भदौ १ । ६० केजी सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकता भेटिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गर्ने क्रममा ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको हो । सीआईबी अधिकारीहरूका अनुसार उनीहरुसँग सिन्धुपाल्चोकबाट जारी भएको नागरिकता भेटिएको हो । बेल्जियन नागरिक दावा छिरिङसँग पनि नेपाली नागरिकता भेटिएको सीआईबीले जनाएको छ ।
अनुसन्धानमा खटिएका एक अधिकारीले ‘ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। सोही टोलीमा सहभागी चिनियाँको नेपाली नागरिकता भेटिएको हो।’ यो प्रकरणमा सीआईबीले सुन तस्करी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० २१:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय