Kath khabar
भोलिदेखि सदन खुल्छ : प्रधानमन्त्री दाहाल
File photo

 

                     काठमाडौं, भदौ २ । प्रधानमन्त्री पुष्पकमल दाहालले आईतवारबाट संसदको अवरोध हट्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले स्व. रामवृक्ष यादवको स्मृति दिवस अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्दै बेलुकी एमालेसँग छलफल गरेपछि भोलिदेखि संसद् अवरोध हट्ने भरोसा दिलाएका हुन् ।

यसका लागि उनले राष्ट्रपति, सभामुख र गठबन्धनमा पनि छलफल भएको बताए। “आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ । आशा छ, भोलि सदन खुल्छ ।” उनले भने ।

उनले शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको बताए।

 

 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update