Kath khabar
संसद्को गतिरोध हटाउन शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री

 

                            काठमाडौं, भदौ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध हटाउनका लागि पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो साढे १२ बजे छलफल गर्ने गर्ने भएका हुन्  ।

प्रधानमन्त्री प्रचण्डले सदनको अवरोध खुलाउनेलगायत समसामयिक विषयमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँग छलफल गर्न लागेका बताईएको छ । बैठकमा सुन प्रकरणको छानबिनलगायत ललिता निवास प्रकरणमा पनि छलफल हुन सक्ने बताइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update