शुरु भयो ललितपुरमा समानान्तर पार्किङ
यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले पार्किङ गर्नुपर्नेछ । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले सीधा पार्किङ गर्दा जाम हुने समस्या भएकाले यस्तो नियम लागू गरिएको जानकारी दिए
ललितपुर, भदौ ३ । ललितपुर महानगरपालिकाले पार्किङ व्यवस्थित गर्न समानान्तर पार्किङ नियम लागू गरेको छ । शनिबार देखि लागू हुने गरी जावलाखेलस्थित खरिबोटबाट भनिमण्डल तर्फको सडकमा यो नियम लागू गरिएको हो ।
यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले पार्किङ गर्नुपर्नेछ । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले सीधा पार्किङ गर्दा जाम हुने समस्या भएकाले यस्तो नियम लागू गरिएको जानकारी दिए । उनका अनुसार समानान्तर पार्किङले सडक चौडा तर्फको थोरै ठाउँ मात्रै ओगट्छ ।
पहिलो चरणमा खरिबोट-भनिमण्डलमा मात्रै गरिएको यो नियम क्रमशः अन्य ठाउँमा पनि लागू गरिनेछ । त्यस्तै, महानगरभित्रका ४ लेन सडकमा यसरी पार्किङ गर्न दिँदा सडक जाम हुने समस्या कम हुन्छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १३:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय