Kath khabar
सदनको अवरोध खुलाउन प्रधानमन्त्री र राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबिच छलफल सुरु

 

                काठमाडौं, भदौ ३ । सदनको अवरोध खुलाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरूसँगको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा संघीय संसदका दुवै सदनको अवरोध हटाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले दलका उपनेता नेम्वाङ र पमुख सचेतक गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपप्रधान तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।  यसअघि सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबीचको छलफल निष्कर्षविहीन भएको छ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update