Kath khabar
विना निष्कर्ष टुंगियो सर्वदलीय बैठक 


             काठमाडौं, भदौ ३ ।  संसद सुचारु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ। सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूसँगको छलफलबाट सहमति नजुटे पछि आजको संसद बैठक पनि स्थगित हुने भएको छ।

सर्वदलीय बैठक सोमबार पुनः बस्ने छ। सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ।

यसअघि संसद अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग आजै गरेको छलफल पनि विनानिष्कर्ष टुंगिएको थियो।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update