Kath khabar
शेयर बजार रातै


                  काठमाडौं, भदौ ३ । शेयर बजार घटेर रातै भएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २१ दशमलव ९९ अंकले घटेर दुई हजार ११ दशमलव १४ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दशमलव २५ अंकले घटेर तीन सय ८४ दशमलव १२ अंकमा झरेको छ ।

नेप्सेमा दुई सय ६९ वटा कम्पनीहरुको ४३ हजार तीन सय ४६ पटकको कारोबारमा ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब ४४ करोड ७४ लाख आठ हजार नौं सय ४२ रुपैंयाँ झरेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा कृषि विकास बैंक ऋणप २०८३, सुपरमादी हाइड्रोपावर कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, सानाकिसान विकास लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update